नियन्त्रण गर्ने कार्यक्रम नआएको डिला संग्रौलाको भनाइ « Khabarhub

नियन्त्रण गर्ने कार्यक्रम नआएको डिला संग्रौलाको भनाइ


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छिन्।  आज संसद्‌मा बोल्दै उनले सरकारले बढ्दो महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी हुन्। 

 ‘महँगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा उपायहरू सुझाइएको छैन । आशा छ बजेटमा यी कुराहरू समेटिने छन् ’उनले  भनिन् ।

त्यस्तै उनले देशबाट युवा विदेशिने क्रम रोक्न नसकेको तर सरकारले नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिएको बताएकी छिन् । नेपालमै रोजगारी सिर्जना गर्ने तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नाममा आयातमा प्रतिबन्ध लगाई कम गुणस्तरका सामान महङ्गोमा उपभोग गर्न बाध्य पार्ने काम गरिनुहुँदैन’, उनले भनिन्, ‘स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय सामान प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्ने नीति तथा वातावरण तयार गरिनुपर्दछ।’

 अहिले देशभरि नै स्थानीय चुनाव सम्पन्न भएको र नेपाली कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले देशभरि उत्साहको वातावरण रहेको दाबी गरिन्।  

उनले भनिन् ‘अब स्थानीय निकायलाई साधन स्रोत सम्पन्न बनाएर केन्द्र सरकारको सहयोगी भूमिका हुन जरुरी छ’  ‘खासगरी गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा घर दैलोमा पुर्‍याउन संघीय तथा प्रदेश सरकारले स्थानीय निकायलाई अगाडि बढाउनुपर्छ।’ 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ५ : ०५ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष