मन्त्री अथकद्वारा राष्ट्रिय क्रिकेट टोलीको बिदाइ   « Khabarhub

मन्त्री अथकद्वारा राष्ट्रिय क्रिकेट टोलीको बिदाइ  


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिएका छन् । नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले जानकारी दिएका छन् ।

सिरिजमा नेपाल, अमेरिका र ओमानबिच प्रतिस्पर्धा हुनेछ । जसका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ०५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले