रियल पुगेका हजार्डले भने–गलाटिको बन्न नसकेपनि प्रयास पक्कै गर्छु « Khabarhub

रियल पुगेका हजार्डले भने–गलाटिको बन्न नसकेपनि प्रयास पक्कै गर्छु


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अघिल्लो हप्ता इङ्ग्लिस क्लब चेल्सीबाट स्पेनिस महारथि रियल मड्रिडमा आवद्ध भएका इडन हजार्ड पहिलो पटक रियलको जर्सीमा सार्वजनिक भएका छन् ।

बिहीबार रियलको जर्सी लगाएका हजार्डले रियलका स्टार गोल स्कोरर गलाटिको जस्तै बन्न नसकेपनि उनी जस्तै खेल्ने प्रयास गर्ने बताएका छन् ।

५० हजार प्रशंसकभन्दा धेरैको अगाडि रियलबाट आधिकारीक रुपमा सार्वजनिक भएका हजार्डले बर्नबेउमा सक्दो राम्रो खेल्ने बताएका छन् । बेल्जियमका २८ वर्षे फरवार्ड १ सय ५० मिलियन पाउण्डमा रियलमा आवद्ध भएका थिए ।

गएको सिजनमा निकै कमजोर प्रदर्शन गरेको रियल मड्रिडले कुनै पनि उपाधि उचाल्न सकेन । अहिले टिम बनाउने दौडमा रहेको रियलले टोलीलाई बलियो बनाउने क्रममै हजार्डलाई टिममा आवद्ध गरेको हो ।

‘रियल मड्रिडबाट खेल्नु मेरो सानै देखिको सपना थियो,’ हजार्डले भने,‘म विश्वको एक उत्कृष्ट खेलाडी बन्ने कोसिस गर्छु । तर, पहिले म आफ्नो टिम विश्वकै राम्रो बनाउने प्रयास गर्छु ।’

उनले अगाडि भने,‘म ग्लाटिको त होइन । तर, म राम्रो खेल्ने प्रयास गर्नेछु । अहिले म इडन हर्जाड नै हुँ ।’

बेल्जियम र चेल्सीमा रहँदा १० नम्बर जर्सी लगाएर मैदान उत्रिने गरेका हर्जाडको जर्सीमा नम्बर लेखिएको छैन । रियलमा १० नम्बर जर्सी लुका मोड्रिचले लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १२ : २८ बजे

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न