प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्न आग्रह « Khabarhub

प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्न आग्रह


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ ।

किराँत धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘किराँत आश्रम माङसेबुङ, इलामद्वारा आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किराँत’ उल्लेख भएको हुनाले यस प्रदेशको नामकरण ‘किराँत सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो ।

धर्मगुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लीङले किराँत प्राकृतिक, भौगोलिक, सांस्कृतिक सबै दृष्टिकोणले उत्कृष्ट रहेकोले सोही नाम राखेमा सम्पूर्ण प्रदेशवासीको अपनत्व हुने विचार व्यक्त गरे ।

किराँत राई समाजका दशरथ रुम्दालीले प्रदेशको नामाकरण नहुँदा यस क्षेत्रका जनता समस्यामा परेकाले अविलम्ब उत्कृष्ट सभ्यताको किराँत र विश्वको सर्वोच्च शिखरसहितको संयुक्त नाम राख्नु उत्तम हुने धारणा व्यक्त गरे ।

समाजसेवी धनराज मेयाङवोले पनि किरात सभ्यता विश्वमा पहिचान र सबै धर्मसंग सम्बन्धित रहेकाले ‘किराँत सगरमाथा’ प्रदेश नै नामकरण गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : २८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर