सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा, सशस्त्र र प्रहरीको टोली पनि पुग्दै  | Khabarhub Khabarhub

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा, सशस्त्र र प्रहरीको टोली पनि पुग्दै 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रतर्फ लागेको छ ।

पोखराबाट जोमसोमको लागि उडेको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जना टोली परिचालन गरिएको छ ।मुस्ताङको घाँसाबाट पैदलमार्ग हुँदै ६२ जनाको टोली र २० जनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्र खोज्न लागेका हुन् । पाइलटको फोन लागिरहेको छ । सोही आधारमा लोकेसन ट्र्याक गरेर सम्भावित क्षेत्रतर्फ लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

स्थलमार्ग हुँदै गएको टोलीले फोनको लोकेसन ट्रेस गरिसकेको छ । सोही आधारमा टोली मोभिलाइजेसन भएको प्रवक्ता सिलवालको भनाइ छ । हेलिकोप्टरमार्फत गएको टोली मुस्ताङको कोवाङ्गमा तयारी अवस्थामा छ ।

पैदलमार्ग हुँदै गएको टोलीले फेला पारेपछि हेलिकोप्टरमार्फत तयारी अवस्थामा रहेको टोलीले तत्कालै उद्दार गर्नेछ । खराब मौसमका कारण हेलिकोप्टर कोवाङबाट अगाडि बढ्न सकिरहेको छैन । ठाउँ पत्ता लागेको खण्डमा पाँच मिनेटभित्रै उद्दार गर्ने गरी हेलिकोप्टर तयारीमा राखिएको प्रवक्ता सिलवालले बताए ।

यतिबेला फिस्टेल एयरको सानो हेलिकोप्टरले समेत सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि त्यसतर्फ पुग्न लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामकुमार दानीले बताए ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाजलाई सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाइरहेका थिए । जहाजमा चालकदलका तीन जनासहित २२ जना यात्रु थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : १५ बजे

काभ्रे प्रहरीबाट पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही

अस्पतालमा शय्या विस्तार नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको