थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान « Khabarhub

थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन ।

अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए ।

‘लाहुरकोटभन्दा माथितिर केही वस्तु देखिएको जस्तो थियो । तर, त्यो त यार्सा टिप्न गएकाहरूले टाँगेको टेन्ट रहेको छ । उनीहरूले त्यो भन्दा माथितिर आगो लागेको जस्तो देखेको बताएका छन् । सोही आधारमा टोली गएको छ,’ अध्यक्ष गौचनले भने ।

आगो बलेको देखिएको क्षेत्रमा पुग्न २र३ घन्टा लाग्ने र नेपाली सेनासहितको टोली त्यसतर्फ परिचालन भइसकेको उनको भनाइ छ । उक्त क्षेत्र मानापाथी हिमालको फेदमा पर्छ । त्यहाँ पुग्न हिँडेर तीन घन्टा लाग्ने उनको भनाइ छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको टुइनअटर जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : ३५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर