२ लाख गाई र २ लाख भैँसीको कृत्रिम गर्भाधान गर्ने सरकारको योजना « Khabarhub

२ लाख गाई र २ लाख भैँसीको कृत्रिम गर्भाधान गर्ने सरकारको योजना


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।

संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले २ लाख भैंसी र २ लाख गाईको कृत्रिम गर्भाधान गर्ने योजनाको घोषणा गरेका छन् ।

उनले बाँकेको नेपालगञ्ज र कास्कीको पोखरामा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्राविधिक उपकरण जडान गरी उन्नत जातका साँढे र राँगा ल्याई पशुको नश्ल सुधार गरिने बताएका हुन् ।

अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै नगदे बाली खेतीलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । अर्थमन्त्रीले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने, भूमिहिनलाई ३ वर्षभित्र भूमि उपलब्ध गराउने घोषणा समेत गरेका छन् । उनको बजेट भाषण चलिरहेको छ ।

हिजो प्रतिनिधि सभाले सरकारका नीति तथा कार्यक्रम पारित गरेपछि आइतबार अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । ४ बजेबाट अर्थमन्त्रीले संसद्मा सम्बोधन सुरु गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ०७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने