म पनि ६८ वर्ष पुग्दै छु, तर वृद्ध भत्ता लिन्नँ : बाबुराम भट्टराई « Khabarhub

म पनि ६८ वर्ष पुग्दै छु, तर वृद्ध भत्ता लिन्नँ : बाबुराम भट्टराई


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्ध भत्ताका लागि उमेर हद घटाएको भन्दै असहमति जनाएका छन् ।

आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको बताए ।

६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरे । ‘म पनि ६८ वर्ष पुग्दै छु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्ध भत्ता लिएर बोझ बढाउन चाहन्नँ । म वृद्ध भत्ता नलिने घोषणा गर्दछु,’ भट्टराईले भने ।

बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रूपमा संरचनागत परिवर्तन गर्ने नीतिहरू नआएको उनको भनाइ थियो ।

सरकारले ७० वर्षे उमेर हद्दलाई घटाएर ६८ वर्षमा वृद्ध भत्ता दिने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : १८ बजे

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री