म पनि ६८ वर्ष पुग्दै छु, तर वृद्ध भत्ता लिन्नँ : बाबुराम भट्टराई « Khabarhub

म पनि ६८ वर्ष पुग्दै छु, तर वृद्ध भत्ता लिन्नँ : बाबुराम भट्टराई


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्ध भत्ताका लागि उमेर हद घटाएको भन्दै असहमति जनाएका छन् ।

आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको बताए ।

६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरे । ‘म पनि ६८ वर्ष पुग्दै छु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्ध भत्ता लिएर बोझ बढाउन चाहन्नँ । म वृद्ध भत्ता नलिने घोषणा गर्दछु,’ भट्टराईले भने ।

बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रूपमा संरचनागत परिवर्तन गर्ने नीतिहरू नआएको उनको भनाइ थियो ।

सरकारले ७० वर्षे उमेर हद्दलाई घटाएर ६८ वर्षमा वृद्ध भत्ता दिने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : १८ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति