पूर्वसांसद राई र पूर्णबहादुरबीच जाहेरी हालाहाल | Khabarhub Khabarhub

पूर्वसांसद राई र पूर्णबहादुरबीच जाहेरी हालाहाल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा स्थायी ठेगाना भएका पूर्वसांसद टंक राई र पूर्णबहादुर राईबीच जाहेरी हालाहाल भएको छ ।

पूर्णबहादुरलाई निर्घात कुटपिट गर्नमा संलग्न भएको भन्दै पूर्वसांसद राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भए लगत्तै पूर्णबहादुरविरुद्ध पूर्वसांसद राईको कठालो समाएकामा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहेका पूर्वसांसद राईविरुद्ध शुक्रबार ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको हो । सोही दिन पूर्वसांसद राईले पूर्णबहादुरविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

घाइते पूर्णबहादुरको आफन्तले पूर्वसांसद राई, विवेक राई, धनीराम राई सहित ६ जनाविरुद्ध जाहेरी दिएका हुन् ।

उनीहरूबीच ११ जेठ राती जालपास्थित एक होटेलमा कुटाकुट भएको थियो । पूर्वसांसद राईले सोही राति सामाजिक सञ्जालमार्फत आफूमाथि आक्रमण भएको खबर सार्वजनिक गरेका थिए । तर, पूर्णबहादुरलाई घाइते बनाएर उल्टै उसैलाई आक्रमण गरेको आक्षेप लगाएको छिमेकी गोपाल गुरुङ बताउँछन् । आक्रमण गर्ने पूर्णबहादुर नै घाइते अवस्थामा भेटिएपछि घाइतेका आफन्तले जाहेरी दिएको बताएका छन् । घाइते पूर्णबहादुर एमाले वडा कमिटी सदस्य हुन् ।

कुटपिटबाट घाइते भएका पूर्णबहादुरलाई जालपा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको टाउकोमा चार टाँका चोट लागेको छ । घाँटीमा चोट तथा अनुहारमा नीलडाम लागेको देखिएको छ । टाउकोमा चोट लागेको भन्दै जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई बिहीबार साँझ काठमाडौं लगिएको छ ।

कुटपिटका घटनालाई लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन दल पूर्वसांसद राईको पक्षमा र एमाले पूर्णबहादुरको पक्षमा उभिएर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

गठबन्धन दलले पूर्वसांसद राईमाथि आक्रमण भएको भन्दै बिहीबार विज्ञप्तिमार्फत दोषीमाथि कारबाही माग गरेको छ । एमालेले पनि सोही दिन विज्ञाप्तिमार्फत पूर्णबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएर उल्टै आक्रमण गरेको आरोप लगाएको जनाएको छ ।

पूर्वसांसद राई खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला नजिकै बन्दुकले हान्ने भन्दै होहल्ला गरेपछि गएर सम्झाउन खोज्दा आफूमाथि आक्रमण भएको बताउँछन् । एमाले जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पूर्णबहादुरलाई घाइते बनाएर घटनाको सत्यतथ्य लुकाउन कुप्रचार भएको दाबी गरे ।

उसो त पूर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोतल हानेको लगायतका आरोप छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : ०१ बजे

विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन हितेन्द्रदेव शाक्यले मुख्यतः तीन क्षेत्रमा

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको