हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित « Khabarhub

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।

महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका उम्मेदवारले ४७ मत पाएका थिए ।

गठबन्धनको तर्फबाट महिला सदस्यमा नेपाली कांग्रेसका रन्जु गोङ्बा, सन्तुमाया पाख्रिन, सविना बिडारी, नेकपा (एकीकृत समाजवादी)बाट कमला पौडेल र सुनिता परियार उम्मेदवार रहेका थिए । यस्तै अल्पसंख्यक तथा दलितर्फ गठबन्धनबाट नेपाली कांग्रेसका धनराज प्रजा, रामबहादुर नेपाली र नेकपा (एकीकृत समाजवादी) का कल्पना विश्वकर्मा उम्मेदवार रहेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : ४५ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन