मदिरामा कर बढ्यो, कुनमा कति ? « Khabarhub

मदिरामा कर बढ्यो, कुनमा कति ?


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मदिराजन्य पदार्थमा मूल्य बढाएको छ ।  आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढाएको बताएका हुन् ।

आर्थिक वर्ष २०७९/८० देखि अन्त:शुल्कमा ३० रुपैयाँले थप गरी २२८ रुपैयाँ बनाइएको छ । यसअघि प्रतिलिटर १९८ रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

यस्तै अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ  भने इनर्जी डिङ्क्रसमा ३६ रुपैयाँबाट बढाएर ५० रुपैयाँ बनाइएको छ ।

त्यसैगरी सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ पुर्‍याइएको छ भने सुर्तीजन्य पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँबाट बढाएर ८१२१ रुपैयाँ बनाइएको छ ।

सरकारको बजेट भाषणअनुसार अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रुपैयाँमा १० रुपैयाँले बढाएर ८० रुपैयाँ कायम गरिएको छ भने वाइनमा पनि प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ बनाइएको छ ।

त्यसैगरी ४२.८ प्रतिशत अल्कोहल भएको हकमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ पुर्‍याइएको छ भने ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५ सय ९२ रुपैयाँबाट १ हजार ७५० रुपैयाँ बनाइएको छ ।

त्यसैगरी ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ ।

अन्य मदिराको हकमा आगामी आर्थिक वर्षदेखि १ हजार ५९२ रुपैयाँ भएकोमा १ हजार ७५० रुपैयाँ बनाइएको छ । साथै, ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १९८ रुपैयाँलाई बढाएर २२८ रुपैयाँ बनाइएको छ ।

३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ रहेकोमा अब ६ सय १० रुपैयाँ बनाइएको छ भने २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ पुर्‍याइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १० : ४१ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति