आईपीएलको उपाधि गुजरात टाइटन्सलाई « Khabarhub

आईपीएलको उपाधि गुजरात टाइटन्सलाई


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन्स प्रिमियल लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले उपाधि उचालेको छ।

आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि उचालेको हो।

गुजरातले पहिलो सहभागितामै आईपीएलको उपाधि जितेको हो। आईपीएलको यही सिजनबाट उसले खेल्न थालेको थियो।

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो। गुजरातको जितमा सुबमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए। कप्तान हार्दिक पान्डय ३४ रन जोडे।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९, याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडेका थिए। कप्तान सन्जु सामसन १४ रनमा आउट भए। गुजरातका हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट हात पारे।

पहिलो क्वालिफायरमा राजस्थानलाई हराएको गुजरातले फाइनलमासमेत पराजित गर्दै आईपीएलको उपाधि उचालेको हो।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ५४ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक