इण्डोनेसियामा डुङ्गा डुब्दा ३१ जनाको उद्धार, ११ अझै बेपत्ता | Khabarhub Khabarhub

इण्डोनेसियामा डुङ्गा डुब्दा ३१ जनाको उद्धार, ११ अझै बेपत्ता


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् । 

दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी डुङ्गा डुबेपछि स्थानीय टगबोट र माछा मार्नेहरूले धेरैलाई किनारमा ल्याएर उद्धार गरेका बताइएको छ । 

उद्धार गरिएका ती व्यक्तिहरु घर फर्किसकेका र उनीहरूको स्वास्थ्य सामान्य भएको उद्धारकर्ताहरुले बताएका छन् ।  

उद्धारकर्ताहरूले हेलिकप्टर तैनाथ गरेका छन् र बेपत्ताको खोजीमा डुङ्गा डुबेको ठाउँबाट २० समुद्री माइलसम्म खोजी क्षेत्र विस्तार गरेका बताइएको छ । 

हेलिकप्टरसँग यात्रु ओसारपसार गर्ने अनुमति नभएकोले कप्तान र मालिक दुवैलाई सोधपुछका लागि लगिएको छ । सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुबेर १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : ०७ बजे

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ।