बजेटमा मात्र सीमित फिल्मनगरी  « Khabarhub

बजेटमा मात्र सीमित फिल्मनगरी 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याइने घोषणा गरे । दोलखाको फिल्म सिटी आयोजनालाई सरकारी निजी साझेदारी अवधारणामा अगाडि बढाइने समेत उनले प्रस्तुत बजेट भाषणमा खुलाए । ‘नेपाली मौलिक परम्परा, कला, संस्कृति, भाषाको विविधता झल्कने खालका फिल्म, गीत, संगीत, सिर्जना गर्ने सर्जकहरूलाई प्रोत्साहन गरिनेछ‚’ अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै भने‚  फिल्मसम्बन्धी पूर्वाधार विकासका लागि दोलखाको फिल्म सिटी आयोजनालाई सरकारी-निजी साझेदारी अवधारणामार्फत निर्माण प्रक्रिया अघि बढाइनेछ ।’

यसैगरी, काभ्रेको बनेपामा सुविधासम्पन्न इन्डोर स्टुडियो बनाउने घोषणा भएको छ । फिल्म तथा गीतसंगीतका सर्जकलाई सम्मान गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । यस्तै, प्रस्तुत बजेटमा कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिन करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । फिल्मसहित महामारीबाट प्रभावित, होटल, ट्रेकिङ क्षेत्रलाई समेत आयकरमा छुट दिने घोषणा अर्थमन्त्री शर्माले गरेका छन् । सरकारको यस्तो घोषणापछि साउनपछि रिलिज हुने फिल्मलाई लाभ मिल्नेछ ।

अघिल्ला सरकारका बजेटमा पनि दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर फिल्म स्टुडियो निर्माणमा बजेट विनियोजन भएको थियो । बजेट छुट्याइने तर काम नहुने भएपछि फिल्मकर्मी खासै उत्साहित छैनन् । बजेट प्रस्तुत भएपछि प्राय फिल्मकर्मीले सामाजिक सञ्जाल मार्फत नै प्रतिक्रिया दिने गरेका छन् । यसैले काम नहुँदासम्म यसको खुशियाली फिल्मकर्मीमा देखिएको छैन । किनकी यसअगाडि पनि विभिन्न शीर्षकमा केही न केही घोषणा त भएका छन् । यद्यपि त्यसको कार्यन्वयन भने कहिँ कतै नहुँदा यो पटकको बजेट भाषण फिल्मकर्मीको लागि आकर्षण देखिएन ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ०८ बजे

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई