बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति « Khabarhub

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।

सुन्दरी प्रतियोगिताका आयोजकसमेत रहेका पाण्डेलाई बलात्कार गरेको आरोप लगाउँदै एक युवतीले सामाजिक सञ्जालमार्फत आफू बलात्कारको शिकार भएको बताएकी थिइन् ।

ती युवतीले पाण्डेले एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

सामाजिक सञ्जालमा पनि यस विषयमा बहस हुन थालेपछि प्रहरीले काठमाडौंको स्वयम्भूबाट गत जेठ ७ गते पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ९ : १० बजे

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा