तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौ ल्याइने « Khabarhub

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौ ल्याइने


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । 

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । 

नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौं ल्याइने जनाएको छ । १० जनाको शव सोमबार नै काठमाडौं ल्याइएको थियो । 

‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गतेका दिन काठमाडौं ल्याइएको र बाँकी रहेका १२ जनाको शव आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइसकेको र उक्त शवहरू नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं ल्याइने क्रममा रहेको जानकारी गराइन्छ,’ प्राधिकरणले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : १६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।