विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न– तपाईँको घोषणापत्र यो सरकारले किन लागू गर्ने ? « Khabarhub

विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न– तपाईँको घोषणापत्र यो सरकारले किन लागू गर्ने ?


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समायानुकुल रहेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिएका कार्यक्रम र रकम विनियोजनप्रति समर्थन जनाए । आफूभन्दा अगाडि बोलेका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई जवाफ दिँदै रिजालले भने, ‘संसद् छलेर तपाईँले ल्याउनु भएको बजेट एक पटक हेर्नुहोस् । अहिले भन्नुभएको अघिल्लो वर्ष तपाईँले ल्याएको बजेटमा समेट्नु भएको भए हुन्थ्यो नि ।’ 

सामाजिक सुरक्षाभत्ता पाँच हजार नपुर्‍याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भने, ‘तपाईँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागू गर्ने ?भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरूले त्याग्नुपर्ने बताउँदै उनले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै रहेको स्मरण गराए । 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : ०० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।