मेलम्ची सुरूङको ढोका बन्द गरियो, अब मेलम्चीको पानी वर्षापछि मात्रै आउने  | Khabarhub Khabarhub

मेलम्ची सुरूङको ढोका बन्द गरियो, अब मेलम्चीको पानी वर्षापछि मात्रै आउने 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो । 

बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मूल ढोका बन्द गरिएसँगै महाङ्कालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी बितरण समय तालिकासमेत हेरफेर गरिएको छ । 

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ । बन्द गरिएको सुरुङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो ।

मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरुङमार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरूङमा पथान्तरण गरिएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : १८ बजे

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

दमक– जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित)

काठमाडौँ – सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौंं– डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  काठमाडौं

कैलालीको गोदावरीमा शीतभण्डार निर्माण

कैलाली– गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको