बजेटको मूल दिशा सही छ : कांग्रेस नेता डा. रिजाल « Khabarhub

बजेटको मूल दिशा सही छ : कांग्रेस नेता डा. रिजाल


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् ।

डा रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा कायम रहेको बताउँदै यसको सामनाका लागि सबै गम्भीर छलफलमा आएर आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने खाँचो औँल्याए ।
उनले बजेटले कृषि क्षेत्रमा आयात बढाउने नीति लिएको, कर्मचारीको तलब वृद्धि भएको, उत्पादनमा नयाँ संरक्षणको खोजी र विदेशी लगानीका लागि नयाँ बाटो तय गरेको जनाए।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ दिँदै डा रिजालले अघिल्लो सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा संसद् बाहिरबाट ल्याएको बजेट र हालको बजेटको तुलना गर्न उपयुक्त नहुने बताउँदै भने , “हजारौँ माइलको यात्राको पहिलो कदमको थालनी गरेका छौँ तर सत्ता पक्ष र विपक्षका लागि नेपाल निर्माणका लागि कसरी सँगै जान सक्छौँ, एकापसमा गालीगलौज नगरौँ । मुलुकका लागि सोचौँ ।”

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : २६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार