हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी- ४’ को प्रदर्शन रोकियो  « Khabarhub

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी- ४’ को प्रदर्शन रोकियो 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफक्यूब मल्टिप्लेक्सले चलचित्र  ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न १२ बजेको शो रोकिएको हो । 

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ । पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको हो । मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । 

चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षु लामाले ‘ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई रिहाइ गर्ने विषयमा विभिन्न संघसंस्थाले प्रहरीसँग छलफल चलाइरहेका छन् । उनको रिहाइको माग गर्दै बिहानैदेखि प्रदर्शन भएको हो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : ३८ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत