नेपाल टेलिकमको एपमा थप सुविधा, ‘नमस्ते पे’ सेवा पहिलो पटक एपमा समावेश « Khabarhub

नेपाल टेलिकमको एपमा थप सुविधा, ‘नमस्ते पे’ सेवा पहिलो पटक एपमा समावेश


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टेलिकमको आफ्नो एपमा सेवाग्राहीहरूका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको जनाएको छ ।

नेपाल टेलिकमको एपमा एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने सुविधा थपिएको हो । त्यस्तै आफ्नो जानकारी (KYC) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने टेलीकमले सुचना जारी गरी जानकारी गराएको हो ।

एपमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने सुविधा पनि थपिएको छ । फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सिपिई (CPE) रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी (SSID) परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सक्ने छन् ।

त्यस्तै नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ । नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु (Update User KYC)  मार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरुले एमपोस (MpoS) समेत लगइन गर्न सक्नेछन् । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ (Nepal Telecom) लाई समय समयमा परिमार्जन गरी सेवाग्राहीहरुको लागि उपयोगी विशेषताहरु थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको छ ।

एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यसका साथै ब्यालेन्स  हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहार (Gift Packs) को रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिस (VAS) को प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा  टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ ।

कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिन्छ । एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिन सकिन्छ भने १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पसकिने पनि टेलीकमले जनाएको छ ।

यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न शुरुमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नु पर्दछ । नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिने छ । पहिलो पटक एप डाउनलोड गर्दा ५ सय एमबी डाटा समेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ०७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो