अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर ११७.९३ डलर पुगेको छ ।

त्यस्तै, अमेरिकाको वेस्ट टेक्सासमा शुक्रबार बन्द भएको बजार २.२४ डलरले बढेर ११७.३१ डलर पुगेको छ ।

युरोपेली युनियनले वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयातमा ९० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो ।

यसअघि युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म सबै रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने योजना अघि सारेको थियो । यद्यपि रुसी तेलमा निर्भर हङ्गेरीले रुसी तेलमा प्रतिबन्ध लगाउन आनाकानी गरिरहेको थियो ।

हंगेरीको चासोलाई सम्बोधन गर्दै युरोपेली युनियनले वर्षको अन्त्यसम्म ९० प्रतिशत रुसी तेलको आयातमा कटौती गर्ने निर्णय गरेको जनाइएको छ ।

यद्यपि केही विशेषज्ञहरुले तेलको मूल्य निरन्तर बढिरहने सम्भावना नरहेको बताएका छन् । बजारको आपूर्ति पक्षमा खिचाव उत्पन्न भएका कारण मूल्य यसै पनि अकासिएको उनीहरुको तर्क छ ।

यसअघि युरोपेली युनियनका प्रायः सबै मुलुकहरु रुसी तेलमाथि प्रतिबन्धको पक्षमा रहेकाले यसअघि नै बजारमा मूल्य स्वभाविक रुपमा नै बढि रहेको एसपीआई एसेट म्यानेजमेन्टका म्यानेजिङ पार्टनर स्टेफन इन्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : १६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र