रुपन्देही जिसस गठनमा सत्तारुढ गठबन्धन अल्पमतमा « Khabarhub

रुपन्देही जिसस गठनमा सत्तारुढ गठबन्धन अल्पमतमा


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ पाँच दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीय तहमध्ये कांग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ ।

अन्य चार दलले कांग्रेसलाई साथ दिँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने देखिएको हो । चार जना उपप्रमुखसहित कांग्रेस एक्लैको १४ मत छ भने जनता समाजवादी पार्टीले एउटा गाउँपालिका प्रमुख जितेको छ ।

गठबन्धनका अन्य दलले कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेनन् । जिल्ला समन्वय समिति गठनका लागि १७ जना चाहिन्छ । तर, गठबन्धनसँग मातभार १५ मात्रै छ ।

उता एक्लै निर्वाचन लडेको एमालेले रुपन्देहीका १६ पालिकामध्ये तीनवटामा प्रमुख र आठ वटामा उपप्रमुख गरी ११ वटामा जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले कन्चन गाउँपालिकाको उपप्रमुख जिते पनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै मानिन्छन् भने नेकपा एसले कुनै पनि पालिकामा विजय हासिल गर्न सकेन ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिको नेतृत्व लिएको थियो । यसपालि एमाले एक्लैको मतभार ११ छ । अब एमालेले ६ जनालाई मनाउन सके उसले समन्वय समितिको नेतृत्व हात पार्नेछ ।

जिल्ला समन्वय समिति गठनमा लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील र राप्रपा देखिएका छन् ।

लोसमाले एक जना प्रमुख र दुई उपप्रमुख जितेको छ भने जनता प्रगतिशीलले एक एक जना प्रमुख र उपप्रमुख जितेको छ । राप्रपाले पनि एउटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

सत्ता गठबन्धन बाहिरका ती दलले एमालेलाई साथ दिने गरी छलफल अगाडि बढाएका छन् । भागबण्डा मिलेमा एमालेलाई नेतृत्व दिएर सहमति गरिने राप्रपाका नेता सागरप्रताप राणाले बताए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ५२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई