प्रहरी महानिरीक्षक सिंहको नियुक्तिविरुद्धको रिट ३० जेठमा सुनुवाई हुने « Khabarhub

प्रहरी महानिरीक्षक सिंहको नियुक्तिविरुद्धको रिट ३० जेठमा सुनुवाई हुने


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध दायर रिटको सुनुवाई जेठ ३० गते हुने भएको छ ।

सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो ।

उनलाई वरिष्ठता मिचेर एआईजीमा बढुवा गरेको भन्दै प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट हालेका थिए । त्यस्तै आईजीमा उनको नियुक्तिविरूद्ध एआईजी विश्वराज पोखरेलले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासले सिंहविरुद्ध परेका दुबै रिटबारे जेठ ३० गते सँगै सुनुवाई गर्ने फैसला गरेको हो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ६ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।