ब्याड टच प्रकरणमा सहमति : फूर्पाले गल्ती स्वीकारे, नायिका मिरुनाले भाइ सम्झिइन्  « Khabarhub

ब्याड टच प्रकरणमा सहमति : फूर्पाले गल्ती स्वीकारे, नायिका मिरुनाले भाइ सम्झिइन् 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्ततः अभिनेत्री मिरुना मगर र फूर्पा लामा बीचमा सहमति भएको छ । दुबैले एकापसमा क्षमायाचना गर्दै सहमति गरेका हुन् । आइतबार सिभिल हलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई आफूलाई ब्याड टच’ गरेको भन्दै थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिन हिरासतमा बिताएपछि मंगलबार तीन हजार धरौटीमा छुटेका तामाङसँग भेट गर्दै मिरुनाले भाइ सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ ।

‘कबड्डी ४ : द फाइनल म्याच’ हेर्ने दर्शकहरूसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्वा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मिरुना मगरसमक्ष माफी मागेको र अभिनेत्री मिरुना मगरले भाइ सम्झेर माफी दिएकी छन्’ मिरुना र फूर्पाले हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ । 

अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायमा पर्न गएको असरप्रति क्षमा याचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्वाले आगामी दिनमा यस विषयमा विवाद नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् । सो घटना बाहिर आएपछि सामाजिक सञ्जालमा नायिकाको आलोचना सुरु भएको थियो । अहिले उनीहरूबीच मिलापत्र भएको हो । दुवै पक्षबीच भएको सहमतिमा अब यस विषयलाई लिएर विवाद नगर्नेसमेत सहमति गरिएको छ ।

No description available.


प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : ३३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई