ब्याड टच प्रकरणमा सहमति : फूर्पाले गल्ती स्वीकारे, नायिका मिरुनाले भाइ सम्झिइन्  | Khabarhub Khabarhub

ब्याड टच प्रकरणमा सहमति : फूर्पाले गल्ती स्वीकारे, नायिका मिरुनाले भाइ सम्झिइन् 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्ततः अभिनेत्री मिरुना मगर र फूर्पा लामा बीचमा सहमति भएको छ । दुबैले एकापसमा क्षमायाचना गर्दै सहमति गरेका हुन् । आइतबार सिभिल हलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई आफूलाई ब्याड टच’ गरेको भन्दै थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिन हिरासतमा बिताएपछि मंगलबार तीन हजार धरौटीमा छुटेका तामाङसँग भेट गर्दै मिरुनाले भाइ सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ ।

‘कबड्डी ४ : द फाइनल म्याच’ हेर्ने दर्शकहरूसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्वा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मिरुना मगरसमक्ष माफी मागेको र अभिनेत्री मिरुना मगरले भाइ सम्झेर माफी दिएकी छन्’ मिरुना र फूर्पाले हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ । 

अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायमा पर्न गएको असरप्रति क्षमा याचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्वाले आगामी दिनमा यस विषयमा विवाद नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् । सो घटना बाहिर आएपछि सामाजिक सञ्जालमा नायिकाको आलोचना सुरु भएको थियो । अहिले उनीहरूबीच मिलापत्र भएको हो । दुवै पक्षबीच भएको सहमतिमा अब यस विषयलाई लिएर विवाद नगर्नेसमेत सहमति गरिएको छ ।

No description available.


प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : ३३ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि