भारत सरकारको अनुदान सहायतामा पर्वतमा निर्मित विद्यालयको कम्प्युटर भवन उद्घाटन « Khabarhub

भारत सरकारको अनुदान सहायतामा पर्वतमा निर्मित विद्यालयको कम्प्युटर भवन उद्घाटन


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारको अनुदान सहायतामा पर्वत जिल्लाको कुश्मा नगरपालिकामा रहेको एक विद्यालयको कम्प्युटर भवनको उद्घाटन भएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारमा अवस्थित पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् ।

सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत १ करोड ७५ लाख नेपाली रुपैयाँ लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजनाको निर्माण गरिएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

श्री पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो । २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत यस विद्यालय जिल्लाकै पुरानो रहेको जनाइएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् । भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषतः कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको यस नयाँ पूर्वाधारले गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरुका लागि सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न गरिसकेको छ ।

यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु गण्डकी प्रदेशमा रहेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : ४० बजे

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन