आर्थिक अभावमा ७ वर्षदेखि मानसिक रोगी बिक खोरमा « Khabarhub

आर्थिक अभावमा ७ वर्षदेखि मानसिक रोगी बिक खोरमा


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ शिखरपुर भित्तेका ३७ वर्षीय शिबराज बिकलाई परिवारले खोरमा थुनेर राखेका छन् ।

मानसिक रोगले ग्रसित उनलाई परिवारले ७ वर्षदेखि खोरमा थुनेर राखेका हुन् । खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडा समेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारका सदस्यले बताएका छन् । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेटी लखेटी कुटपिट गर्ने गरेकाले खोरमा थुन्नु परेको उनिहरुको भनाई ।

उनलाई अभिभावकले खानेकुरा समेत खोरमा राखि दिन्छन् । घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बेरा बारेको माथि जस्ताले छाएको जमिनदेखि चार फिट अग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको छ । कमाएर ल्याउने छोरा नै मानसिक सन्तुलन गुमाएपछि अहिले परिवारमा बिहान बेलुकाको छान टार्न समेत समस्या रहेको उनकी आमा सुमित्रा बिकले बताईन् ।

कमाउन भनि २०६९ सालमा काठमाण्डौं गएका उनले कमाएर घरमा पैसा पठाइरहेका थिए । तर २०७२ को भूकम्पपछि उनी एकाएक हराए । खोजी गर्दै जाँदा उनी चितवनको नारायण नदी किनारामा मानसिक सन्तुलन गुमेको अबस्थामा फेला परेका थिए । त्यसपछि बिराटनगर सुधार केन्द्रमा लगि उपचार गर्दा समेत केही नलागेपछि पुन छरछिमेकी स्थानीयबासीको सहयोगमा चन्दा उठाएर पाटन मानसिक रोग अस्पताल पुर्‍याएको र त्यहाँ उपचार गरेपछि ठिक भएर आएको आमा सुमित्राले बताईन् ।

‘उपचारपछि ठिक भएर आएको केही महिनासम्म राम्रो भएकोले शिबरामको नागरिकता बनाई दिएका थियौं । उनले मलाई पासपोर्ट बनाई दिनु म पैसा कमाउन बिदेश जान्छु भन्दै थियो तर एक्कासी पुन मानसिक सन्तुलन गुमाउन पुग्यो उनले भनिन् ।’ त्यसपछि असामान्य व्यवहार देखाउन थालिन् । उपचार गर्दा ठिक हुन्छ तर उपचार गर्ने खर्च नभएर आजसम्म खोरमै राख्नु परेको सुमित्राले बताइन् ।

पाटन अस्पतालमा उपचारपछि ठिक भएको र नियमित औषधि खानु पर्ने भयो तर औषधि किन्ने पैसा नभएपछि ठिक हुन सकेन । त्यसपछि उनलाई खोर बनाएर राखिएको हो । चौदण्डीगढी नगरपालिका-२ शिखरपुर भित्ते माडिबासस्थित जंगल फडानी गरेर बसेका उनको परिवार ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका छन् ।

खोरिया फाडेर बसेरका उनीहरुको ७ जनाको परिवार रहेको छ । जनता आबास कार्यक्रमबाट बनाई दिएको सानो घरमा बस्दै आएका उनीहरुको घर वरिपरि करिब ५ कठ्ठा ऐलानी जमिन बाहेक केही छैनन् । आफ्नै जग्गा जमिन नभएका बिक परिवारलाई मजदुरी गरेर खानु पर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका बिक परिवारलाई हातमुख जोर्ने समस्या छ । सात जनाको बिक परिवारमा शिवराम जेठो सन्तान हुन् ।

आर्थिक अभाबका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको उनका भाई अर्जुन बिकले बताए । ‘दाजुलाई खोरमा थुन्नुको बिकल्प नभएको बताउँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले पेटभरि खुवाउन समेत नसक्ने अवस्था छ ।’ आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोरा मानसिक रोग छ । उनलाई सम्हालेर राख्न नै समस्या छ ।

खोरमा राखेन भने अनेक उपद्रो गर्छ, आमाले भनिन् । छोरालाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने गरेको आमा सुमित्रा बिकको भनाइ छ । ‘उपचारका लागि कसैले सहयोग गरि दिए हामी भगवान ठान्द थियौं । घरको आर्थिक अवस्था कमजोर छ । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ’ उनले भनिन् ।

उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति सकिएकोले अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको बिकल्प नभएको आमा सुमित्राको भनाइ छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ९ : ३० बजे

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई