श्रीलङ्का सरकारद्वारा राजस्व बढाउन पाँचवटा कर ऐन संशोधन गर्ने निर्णय « Khabarhub

श्रीलङ्का सरकारद्वारा राजस्व बढाउन पाँचवटा कर ऐन संशोधन गर्ने निर्णय


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्का सरकारले सरकारी राजस्वलाई सन् २०१९ को स्तरमा पुर्‍याउनका लागि करको दर बढाउन पाँचवटा कर ऐन संशोधन गर्ने निर्णय गरेको छ ।

करको दर वृद्धिमा मूल्य अभिवृद्धि करहरू लगायत समावेश हुने अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व ऐन, मूल्य अभिवृद्धि कर ऐन, दूरसञ्चार लेभी ऐन, सट्टेबाजी र गेमिङ लेवी ऐन जस्ता ऐनमा संशोधन गर्ने सरकारको निर्णय छ । यसअघि यस्ता ऐनका कारण सरकारी राजस्व लगभग २५ प्रतिशत घटेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन् ।

मन्त्रिपरिषद्ले सरकारको राजस्व बढाउने उद्देश्यले ऐनहरुलाई परिमार्जन गर्न आवश्यक विधेयक तयार गर्ने प्रस्ताव स्वीकृत गरेको गुणवर्द्धनाको भनाइ छ

श्रीलङ्काका पूर्व अर्थमन्त्री अली साब्रीका अनुसार २०१९ को अन्त्यमा लागू गरिएको कर कटौतीपछि करिब १० लाख करदाता गुमेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : २७ बजे

नौबुँदे सन्देशपत्र जारी गर्दै सकियो अन्तर व्यवस्थापिका सम्मेलन

टीकापुर- कैलालीको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र

बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड

काठमाडौं– बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

टीकापुर– अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना

जब इजरायली सेनाले सात महिने शिशुलाई गोली हानेर ज्यान लियो

हेब्रोन- कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर सात

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

सेन्ट पिटर्सबर्ग- रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय