छायाँनाथ रारा नगरपालिकामा आइतबार विद्यालय बन्द नहुने « Khabarhub

छायाँनाथ रारा नगरपालिकामा आइतबार विद्यालय बन्द नहुने


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ ।

मंगलवार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आइतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख विष्णु कुमार भामले बताए ।

नगर प्रमुख भामका अनुसार शनिवारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । ‘सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौँ ‘, नगर प्रमुख भामले भने ।

अझै पुगेनन् पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको करिब एक साता बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्‍याउन निर्देशन दिइएको छ  । जिल्लामा समयमै पुस्तक हातमा नपुग्दा पढाई बिथोलिएको छ ।  मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको गतिलो पहुँच छैन ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : ०३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।