जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा | Khabarhub Khabarhub

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविकका विजेता नोभाक जोकोभिचलाई ६-२ ,४-६,६-२,७-६(७-४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५औं पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् ।

कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् । जर्मनीनका एलेक्जेन्डरले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कार्लोस अल्काराजलाई हराएका थिए ।

नाडालसँगको हारपछि जोकोभिचको २१औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यले समेत पूर्णता पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।

नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदलासमेत लिएका छन् । नाडालले फ्रेन्च ओपनमा अफ्नो दबाब कायम राख्ने क्रममा कुल एक सय १३ खेलमा एक सय १० खेल जितेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : २८ बजे

इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमण : ट्रम्पले दिए सेनालाई बधाई

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार