जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा « Khabarhub

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविकका विजेता नोभाक जोकोभिचलाई ६-२ ,४-६,६-२,७-६(७-४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५औं पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् ।

कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् । जर्मनीनका एलेक्जेन्डरले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कार्लोस अल्काराजलाई हराएका थिए ।

नाडालसँगको हारपछि जोकोभिचको २१औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यले समेत पूर्णता पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।

नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदलासमेत लिएका छन् । नाडालले फ्रेन्च ओपनमा अफ्नो दबाब कायम राख्ने क्रममा कुल एक सय १३ खेलमा एक सय १० खेल जितेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।