नेपालगञ्जमा ढल र नाला सरसफाइ थालियो | Khabarhub Khabarhub

नेपालगञ्जमा ढल र नाला सरसफाइ थालियो


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि ढल र नालाको सरसफाइ गर्न थालिएको छ ।

ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । केही वडाका नालामा वडा कार्यालयमार्फत काम सुरु भएको छ ।

उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गरिने जानकारी दिए । जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ ।

ढल तथा नाला सरसफाइका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै डिसीले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताए । उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिएका थिए।

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ०४ बजे

भेन्चर हायर पर्चेजले आइपीओ निष्काशन गर्ने

काठमाडौं – भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि सधारण शेयर

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं– सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

भोजन लिपि स्वादले नेपाली-थाई मित्रतालाई महत्त्व दिएको छः मन्त्री खड्का

भक्तपुर – ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले नेपाली

म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१–०८२ मा म्याग्दी,

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने