‘केशव र ईश्वरलाई फसाउन खोजियो, तत्काल रिहा गरियोस्’ « Khabarhub

‘केशव र ईश्वरलाई फसाउन खोजियो, तत्काल रिहा गरियोस्’


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फसाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने  ५८ वर्षीय गाईजूलाई तत्काल रिहा गर्न राप्रपाले माग गरेको हो ।

राप्रपा भक्तपुर अध्यक्ष रामशरण लामिछानेले अदालतमा विचाराधीन रहेको मुद्दामा पक्राउ गर्नु फसाउने उद्देश्य देखिएकाले तत्काल उनीहरुलाई रिहा गर्न माग गरेका हुन् ।

‘जाहेरीवाला आफैंले भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र कारबाहीको प्रक्रियामा रहेकोमा गलत नियतका साथ अदालतमा कारबाहीको प्रक्रियामा नै रहेको सोही करारको आधार बनाई अपराध महाशाखामा जाहेरी दिई दुःख दिने नियतका साथ मुद्दा नै चल्न नसक्ने मुद्दामा अनुसन्धान गरी थुनामा राख्ने कार्य भएको हुँदा यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आरोप लगाएजस्तो सरकारी जग्गा बिक्री गर्न बैना नगरेको खुलेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सञ्जिव न्यौपानेले दाबी गरेका छन् । उनका अनुसार सुडाल गाविस ४ क को ३९९ नम्बर कित्ता जग्गा केही समयअघि मात्र सरकारको नाम गएको जानकारी भक्तपुर मालपोत कार्यालयले जानकारी दिएको छ । यसअघि उक्त जग्गा व्यक्तिको नाममा रहेको र अंशबन्डाको क्रममा कृष्णबहादुर ढुकुछुको नामबाट बाटो कायम भई सार्वजनिक जग्गा भएको खुल्न आएको उनले बताए ।

सार्वजनिक भनिएको उक्त जग्गा नेपाल सरकारको नाममा २३ पुस २०७८ मा गएको जानकारी दिएका न्यौपानले बताए । तर, उक्त जग्गा ३० चैत २०७७ धनिराम राई र रुप सुन्दर चामलिङलाई बैना गर्दा व्यक्तिको नाममा नै रहेको देखिएको दाबी गरेका न्यौपानले अहिले सरकारी जग्गा बिक्री गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गर्न खोज्नु गलत रहेको जिकिर गरे । हाल अधिकारी र गाईजु जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १२ : ३९ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध