‘अब म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्’ : रवीन्द्र मिश्रले « Khabarhub

‘अब म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्’ : रवीन्द्र मिश्रले


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू ‘खुइलिएको’ भन्दै खुइलाउन खोज्नेहरुलाई शुभकामना दिएका छन्। केहीले प्रत्यक्ष भेटमै आफूलाई नुखुल्याइ राजनीतिक अभिष्ट पूरा नहुने भनेको समेत उनले बताएका छन् । 

सामाजिक सञ्जालमा ’ती (अ) मित्र (हरू) मा समर्पित‘’ भन्दैं उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, ’जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए– तपाईंलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि ! अब म खुइलिएँ। तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्।’

उनले देश आफ्नै जीवनकालमा रूपान्तरण हुने कामना गर्दै त्यस्तो भन्नेहरुलाई शुभकामना दिएका हुन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै मिश्रले केही दिन अगाडि पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

गत बुधबार एक विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको साधारण मात्र नहनेगरी अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका थिए।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : २९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।