पहिराले पुरिएर दुई मजदुरको मृत्यु « Khabarhub

पहिराले पुरिएर दुई मजदुरको मृत्यु


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथांका सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । 

चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ । 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : ४२ बजे

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

काठमाडौं– भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्ने उद्देश्यले

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५