कोपा अमेरिका: उद्घाटन खेलमा ब्राजिल र बोलिभिया भिड्दै « Khabarhub

कोपा अमेरिका: उद्घाटन खेलमा ब्राजिल र बोलिभिया भिड्दै


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिकाको ४६ औं संस्करण आज (शुक्रबार)बाट शुरु हुँदैछ । दक्षिण अमेरिकी महादेशका १० टोली र दुई आमन्त्रीत टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको पहिलो खेलमा आयोजक ब्राजिल र बोलिभियाले खेल्दैछन् ।

ब्राजिलमा भइरहेको प्रतियोगिता जुन १४ अर्थात् आजबाट जुलाई ७ सम्म चल्नेछ । प्रतियोगिताको पहिलो खेल नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेबाट शुरु हुनेछ । ब्राजिलमा आयोजना हुने यस संस्करणमा दक्षिण अमेरिकाका १० र आमन्त्रीत दुई गरी कूल १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । आमन्त्रित टोलीहरुमा एसियाका दुई शीर्ष देशहरुले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाको पावर हाउसका रुपमा पहिचान बनाएको जापान र सन् २०२२ को विश्वकपको आयोजक टोली कतार रहेका छन् । प्रतियोगितामा सहभागी १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । साविक विजेता टोली चिली देखि ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र उरुग्वेलाई उपाधिको दाबेदार टोलीका रुपमा हेरिएको छ भने एसियाबाट सहभागीता जनाएका जापान र कतार कोपा अमेरिकामा सुधारिएको खेल प्रस्तुत गर्ने फुटबल पण्डितहरु बताउँछन् ।

विश्वका चर्चित खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको टोली अर्जेन्टिनाको प्रदर्शन र मेस्सीको टोलीका लागि योगदान कस्तो रहला भन्ने पनि यतिबेला आम फुटबल प्रशंसकको चासो छ । यता, आयोजक ब्राजिल भने स्टार खेलाडी नेयमार विनै मैदान उत्रिदैछ । नेसन्स लिग छनोट खेलमा चोटग्रस्त भएका नेयमार ब्राजिल टोलीबाट तीन हप्ताका लागि आराम पाएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : २७ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको