भानुभक्त ढकालको कटाक्ष : सम्झनेवित्तिकै चन्द्रलोक जान सक्ने राजमार्ग बनाउँ « Khabarhub

भानुभक्त ढकालको कटाक्ष : सम्झनेवित्तिकै चन्द्रलोक जान सक्ने राजमार्ग बनाउँ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेका नेता भानुभक्त ढकालले सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको र यसको कार्यान्वयन हुन नसक्ने बताए ।

एक घण्टामा चितवन पुगिने र दुई घण्टामा चतराबाट सगरमाथाको चुचुरोमा पुगिने कार्यक्रम ल्याएको भन्दै उनले भने, ‘सरकारलाई राम्रो सुझाव दिन चाहान्छु, निजी क्षेत्रबाट गर्नेभन्दा लोकतन्त्रमा व्यक्ति स्वतन्त्र छन् ।

यस्तो राजमार्गको परिकल्पना गरौँ, कल्पना गर्नेवित्तिकै चन्द्रलोकमा जाने सक्ने, मंगलग्रहमा पनि जान सकिने, आफैँ बाटो बनाउँ भन्यो भने सायद अल्मल्याउन धेरै कुरा भनिरहनै पर्दैन ।’ यो सरकारको आयु पाँच महिना २२ दिन रहेको भन्दै उनले बजेट जनता देशको समस्या समाधान गर्नभन्दा पनि आगामी मंसिरमा गरिनुपर्ने चुनावमा जनता आकर्षित गर्ने खालको रहेको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  २ : ४५ बजे

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा