स्थानीय एवम् संसदीय प्रतिनिधि चयनका लागि दक्षिण कोरियामा मतदान « Khabarhub

स्थानीय एवम् संसदीय प्रतिनिधि चयनका लागि दक्षिण कोरियामा मतदान


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरियामा बुधबार मतदान भएको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भएको हो ।

निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन भने सात जना सांसद पनि चयन हुनेछन् ।

स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चलेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।

मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा बसेकाहरूलाई भने बेलुका ६।३० देखि ७।३० सम्म मतदानको व्यवस्था गरिएको जनाइएको छ ।

दिउसो अन्य मतदाताहरूको भिडभाड हुने भएकाले सङ्क्रमतिलाई छुट्टै समय तय गरिएको अधिकारीहरूले जनाएका छन् ।

मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरु निर्वाचित हुनेछन भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनोट हुनेछन ।

त्यसैगरी नगरपरिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  २ : ५९ बजे

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै