अहंकार देखाएमा कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी (भिडियो) « Khabarhub

अहंकार देखाएमा कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी (भिडियो)


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा जितका आधारमा कांग्रेसले अहंकार देखाउन थाल्यो भने एमालेको जस्तै हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको समेत  बताए  ।

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्’ दाहालले भने । ‘हामीले आफ्नो पार्टी भन्दा धेरै ठाँउमा गठबन्धनमा भरोसा गर्‍यौैं त्यो गर्दा हामीले धेरै ठाँउमा गुमायौ’ अध्यक्ष दाहालले भने, ‘अब हामीले प्रदेश र संघको चुनावमा शिक्षा लिएर अघि बढ्नु पर्छ’ ।

उनले माओवादीले कहिले कसको कहिले कसको दम्भ बढाइदिन्छ भन्ने आरोप लाग्ने गरेको उल्लेख गरे ।

‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छु दाहालले भने, ‘त्यस्तो गरेको जस्तो पनि देखिन्छ तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ’ ।

उनले गठबन्धनको विषयलाई लिएर कांग्रेसले दम्भ र अह‌ंकार देखाउने अवस्था आए त्यसविरुद्ध विद्रोह गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : २६ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको