‘देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागत छ’ : प्रचण्ड « Khabarhub

‘देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागत छ’ : प्रचण्ड


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गरेका छन् ।

उनका अनुसार माओवादी पार्टी निर्वाचनबाट प्रभावशाली बनेको छ । ‘हामी १२२ (स्थानीय तह) मा छौं । १२२ त्यस्तो १२२ हो, जो राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी’, प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा बुधबार भने ।

उनले अलिक मिहेनत गर्न समय भएको भए र २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए माओवादी दोस्रो दल हुने पनि बताए ।
पार्टी नेतृत्वको तहबाट आफूले पार्टीलाई दोस्रो दल बनाउन चाहेको उनको भनाइ छ । 

तर, गठबन्धन अपेक्षा गरेजस्तो नबन्नु र गाउँ/नगरपालिकामा भने माओवादी बलियो भएको ठाउँमा गठबन्धन नै नभएजस्तो भएको बताए । 

‘तल (गाउँ/नगरपालिकामा) गएपछि त झण्डै झण्डै गठबन्धन नहरेको देखियो । जहाँ हामी बलियो छौं, त्यहाँ के कांग्रेस, के एमाले के विप्लव ? के–के सबै… । गठबन्धनमा भएका पनि सबै । गठबन्धनमा नभएका पनि सबै मिलेर माओवादीलाई हराउने प्रयास गरियो’, उनले भने, ‘रोल्पा, कालिकोट, अरु पनि थुप्रै ठाउँमा । तर, पनि ती ठाउँहरूमा हामीलाई नै जनताले भरोसा गरे ।’

यद्यपि, प्रचण्डले गठबन्धन पूरै असफल भयो भन्न नचाहेको बताए । एमालेलाई पहिलो हुनबाट छेक्ने उद्देश्य पूरा भएको सङ्केत गर्दै उनले भने, ‘जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य प्राप्त भएको छ ।’

अब हुने प्रदेश र सङ्घीय निर्वाचनमा भने गठबन्धनभित्र माओवादीको स्वरुप बदल्नुपर्ने बताए । माओवादी यसअघि अलिक बढी उद्धार र अलिक बढी गठबन्धनप्रति भरोसा गर्ने दल बनेको प्रचण्डले बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : ४० बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,