रेमिट्यान्स घटे देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्छ : कमल थापा « Khabarhub

रेमिट्यान्स घटे देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्छ : कमल थापा


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन् ।

बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घटिबढी भएमा देशको अर्थतन्त्र धरासायी हुने बताएका हुन् ।

‘ठूला ठूला बिल्डिङहरू बनिरहेका छन्, तर ती बिल्डिङहरूमा भाडा तिरेर बस्न सक्ने क्षमतामा ह्रास भइरहेको छ,’ उनले भने ‘अहिले लखपति र करोडपति भएकाहरू पनि सडकमा पुग्न सक्ने खतरा छ ।’ अहिले देशमा रहेका ४० लाख भन्दा बढी सृजनशील युवाहरू विदेशिनु ठूलो समस्या रहेको उनी बताउँछन् ।

देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित हुनुपरेकोमा अवस्था चिन्ताजनक रहेको उनले बताए । उनले धर्म परिवर्तनको डढेलोले नेपालको राष्ट्रिय पहिचान र एकतालालाई अप्ठ्यारो पारेको बताए । ‘नेपालमा धार्मिक र सांस्कृतिक क्षेत्रमा जसरी आक्रमण भइरहेको छ, त्यसमा म चुप लागेर बस्न सक्दिन,’ उनले भने ‘म कुनै धर्मको विरोधी होइन तर हाम्रो पहिचान संकटमा पर्दै छ, राष्ट्रिय अस्तित्वलाई खतरा छ ।’

सनातन धर्म मानव जीवनको दर्शन र पद्धतिसँग गाँसिएको कुरा भएको बताउँदै थापाले यसप्रति योजनाबद्ध र संगठित रूपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरे । देशमा भ्रष्टाचारको महारोगबाट सम्पूर्ण समाज ग्रस्त भएको उनी बताउँछन् ।

‘जो भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, उनीहरू नै भ्रष्टाचारको विरोध गर्दै हिँड्ने गरेका छन्,’ थापाले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गर्दै थापाले भने, ‘भ्रष्टाचार गर्नु भनेको आमाको मासु खानु बराबर हो भन्नेहरू नै भ्रष्टाचारको आहालमा डुबेका छन् ।’ प्रजातन्त्र आएको ७२ वर्षपछि पनि किन स्थायी राजनीतिक प्रणाली छैन रु भन्दै उनले प्रश्न समेत गरे ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : १४ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौँडा– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण

निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न

रसुवा– रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले

गरगहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड

डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको