एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर | Khabarhub Khabarhub

एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को असार ६ गते हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा मंगलबार परेको दाबी विरोधका विभिन्न दश मध्य चार उजुरी बदर भएका छन् ।

आसन्न निर्वाचन तालिका अनुसार मंगलबार दाबी विरोधको समय सीमा रहेको थियो । बुधबार निर्वाचन समितिले उजुरीमाथि छानबिन गर्दै चार मताधिकार खोसेको समितिले जनाएको छ ।  जसमा महिला समिति, सिराहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको ८ मध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको छ । योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा जान सक्नेछ ।

यस्तो छ दाबी विरोधबाट हटाइएको चार निर्णय

१. महिला फुटबल समितिको वैशाख २६ गतेको बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरिएकोमा किर्ते गरी विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रूपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

२. सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी स्वत: खारेज हुने हुनुपर्ने ।

३. सिराहा जिल्ला फुटबल संघका महासचिव प्रवीणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने ।

४. सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको एन्फा सामाजिक उत्तरदायित्व समितिको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरूको कार्यकाल चार वर्ष हुन र त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज हुनुपर्ने ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : ३७ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल