भारत–बङ्गलादेश तेस्रो रेल सेवा शुरु | Khabarhub Khabarhub

भारत–बङ्गलादेश तेस्रो रेल सेवा शुरु


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन् ।

पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उनका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ–आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गरेका हुन् ।

भारत–बङ्गलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

मिताली एक्सप्रेसको गत मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गरेका थिए । कोभिड–१९ महामारीका कारण सेवा सुरु हुन सकेको थिएन ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : १३ बजे

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री 

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडाका प्रधानमन्त्रीसँग भेट अस्वीकार

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट

प्रकृति संरक्षणमा नौ हजार सेना

काठमाडौं– नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण

आन्दोलनको अराजकताले विवादमा तानिए कलाकार

काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ