भारत–बङ्गलादेश तेस्रो रेल सेवा शुरु « Khabarhub

भारत–बङ्गलादेश तेस्रो रेल सेवा शुरु


१८ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन् ।

पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उनका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ–आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गरेका हुन् ।

भारत–बङ्गलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

मिताली एक्सप्रेसको गत मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गरेका थिए । कोभिड–१९ महामारीका कारण सेवा सुरु हुन सकेको थिएन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ११ : १३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका