दिक्तेल रुपाकोट मझुवागाढीको नगर कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी | Khabarhub Khabarhub

दिक्तेल रुपाकोट मझुवागाढीको नगर कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएको छ।

१५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका हुन् ।

२५ सदस्यीय नगर कार्यपालिकाका लागि निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना तथा दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य चयन गर्ने क्रममा सबै गठबन्धनका उम्मेदवार विजयी भए ।

निर्वाचित महिला सदस्य मध्येबाट धनशोभा राई, गंगा विक, मीना कार्की, मनिला राई, अञ्जना केसी तथा दलित समुदायबाट रामकुमार हिङमाङ, झुलेन्द्र विक र वीरेन्द्र दर्नाल विजयी भएका छन् ।

१५ वडाका वडाध्यक्ष, प्रमुख र उपप्रमुखसहित १७ जना कार्यपालिका सदस्य निर्वाचित भइसकेको अवस्थामा थप आठ जना सदस्य चुनिएका हुन् ।

त्यसमध्ये भागबण्डामा कांग्रेस र माओवादी केन्द्रका समान तीन जना, जसपा र एकीकृत समाजवादीका समान एक जना मिलाइएको छ ।

संविधानमा निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगरसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगरकार्यपालिकाको सदस्य हुने व्यवस्था छ ।

२५ सदस्यीय नगर कार्यपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रका छन् । त्यसबाहेक माओवादी केन्द्रका नौं जना, कांग्रेसका सात जना, एमालेका तीन जना, जसपाका तीन जना र एकीकृत समाजवादीका एक जना सदस्य बनेका छन् ।

नगरपालिकाका ७७ पदमध्ये माओवादी केन्द्र २६, एमाले २५, कांग्रेस १७, एकीकृत समाजवादी सात र जसपा दुई पदमा विजयी भए ।

दलित समुदायबाट तीन सदस्य चुनिएसँगै नगरपालिकामा कुल पद संख्या ८० पुगेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ५५ बजे

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं– चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण

एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित

काठमाडौं– एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले

‘ओ एण्ड एम’ सर्वेक्षणमा अस्पताल व्यवस्थापकलाई नराखेको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ