वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न एनआरएनएको अनुरोध « Khabarhub

वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न एनआरएनएको अनुरोध


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको  खुला गरिएको सो बचतपत्रमा लगानी गर्न अनुरोध गरेका हुन । आचार्यले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि ठूलो अवसर भएको बताउँदै सो बचतपत्रमार्फत लाभान्वित हुन् आग्रह गरे ।

उनले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेपछि विदेशमा रहेका नेपाली उत्साहित रहेको बताए । वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताले १२ दशमलव ५ प्रतिशत ब्याज पाउँछन् । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो ।

बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निस्शेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ ।

देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन् ।

अहिले लगानी गरेको पैसा असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ । यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न खुला गरेको छ । सरकारले गरेको उक्त निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

महासंघले बजेटको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त निर्णयको स्वागत गरेको हो । पुजी बजारतर्फ धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्ने नीति राम्रो भएको महासंघको ठहर छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ९ : १५ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट