'बिरामी भेन्टिलेटरमा छ भने त्यो आइसियूमै हुन्छ' | Khabarhub Khabarhub

‘बिरामी भेन्टिलेटरमा छ भने त्यो आइसियूमै हुन्छ’

आइसीयूको महत्व, आवश्यकता र किसीमबारे विशेषज्ञको विचार



आइसीयू कुनै पनि अस्पतालको सिकिस्त बिरामी राख्ने ठाउँ हो । कुनै पनि मानिस अस्पतालमा दुई तरीकाले जान्छ । एउटा ओपिडीमा गएर घर फर्किन्छ । भर्ना हुनु पर्दैन । अर्को अलि सिकिस्त वा इमर्जेन्सी भएर अस्पतालमा प्रवेश गर्छ । इमर्जेन्सीबाट आएको बिरामीको अवस्था हेरेर कि त घर नै पठाइन्छ भने अगंहरु नबिग्रीएको र राम्रो काम गरिरहेको छ भने या रुघाखोकी, ज्वरो छ भने वार्डमा भर्ना गरिन्छ ।

कसैको एक भन्दा बढी अगंहरुले काम नगरेको छ वा बिग्रन लागेको छ भने पनि आइसीयूको आवश्यकता पर्छ । दुर्घटनामा चोटपटक लागेका, मुटु फेल भएका, मेजर सर्जरी गरेका बिरामीलाई मोनिटरिङ र म्यानेजमेन्टको लागी आइसियूमा राखिन्छ ।

आइसीयू किन फरक छ ?
अस्पतालको अरु ठाउँ भन्दा आइसीयू भिन्न छ । २४ घण्टा विशेषज्ञ डाक्टर हुन्छन् । उच्च तालिमप्राप्त नर्स हुन्छन् । एउटा बिरामीलाई एउटा नर्स राखिन्छ । जति पनि नेपालका आइसियू र कर्पोरेट आइसियूमा यस्तै खालको जनशक्ति हुन्छ ।

हरेक मिनेटमा मुटुको चाल, ब्लडप्रेसर कति छ, अक्सिजनको लेवल कति छ, यो सबैको नजिकबाट मोनिटर हुन्छ । नेपालमा आइसियूको विकास भएको केही वर्ष मात्रै भएको छ ।

नेपालमा करिब दशदेखि बाह्र बर्ष भयो आइसियूले प्राथमिकता पाएको हो । विदेशबाट पनि आइसियूकै लागी तालिम गरेर आएको पनि धेरै छन् । अहिले आइसियूमा राखेको बिरामीलाई भेट्न पनि दिन्छौ । दिनमा एक वा दुई पटक काउन्सिलिङ गर्ने गरिन्छ । बिरामीको अवस्था कस्तो छ, सुधार भएको छ कि छैन, भनेर बुझ्नको लागी अस्पतालको नीति हुन्छ ।

कसैले बिरामीको परिवारलाई दिनमा दुई पटक भेट्न दिन्छन्, कसैले एकपटक दिन्छ । कुनै बिरामीलाई परिवारसँग बस्दा बेटर फिल गर्छ भने छ सात घण्टा नै राख्न दिन्छौँ । जहाँ विशेषज्ञ आइसियू सेवा उपलब्ध छ । बिरामीको परिवारलाई डाक्टरले परामर्श गर्ने र आवश्यकता अनुसार भेट्न दिने गरिन्छ ।

तीन लेभलको आइसीयू अस्पताल
आइसियु तीन प्रकारको हुन्छ । पहिलो लेभल भनेको साधारण मोनिटरिङ सेवा मात्र उपलब्ध भएको र कुनै पनि अगं फेल भयो भने त्यसलाई सर्पोट गर्नको लागी मेशिन र जनशक्ति नभएको हुन्छ ।

लेभल २ मा एउटा अंगसम्म फेल भएकोलाई सर्पोट गर्न सक्ने हुन्छ भने लेभल ३ मा एक भन्दा बढी अगंले काम गर्न छोडेको अवस्थामा बिरामीलाई सर्पोट गर्न सक्ने क्षमता भएकोलाई लेभल ३ आइसीयू भनिन्छ ।

आइसियूको लेभलअनुसार नै जनशक्ति पनि राखिन्छ । लेभल १ र २ मा विशेषज्ञ नहुन पनि सक्छ । लेवल ३ मा विभिन्न लेयर हुन्छ । एउटा आइसियु विषयमै विशेषज्ञ प्राप्त गरेको मान्छे र उ भन्दा तल पनि एम डी गरेको, उ भन्दा तल एमबिबिएस गरेको र अझै तल सिनिएर नर्स, जुनिएर नर्स हुन्छन् । यो सबै आइसियुमा हुँदैन । तर लेवल ३ आइसियुमा भने हुन्छ । र, २४ घण्टा नै एक जनाले ड्युटी गर्ने प्राय छैन भन्दा पनि हुन्छ ।

बिरामीलाई आइसियूमा राख्दैमा हुँदैन
आइसियूमा एकदमै विकसित देशमा पनि हेर्ने हो भने दशदेखि पन्ध्र प्रतिशत बिरामीको मृत्यु नै हुने गर्छ । नेपालमा पनि तथ्यांक हेर्ने हो भने २० देखि २५ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । आइसियू र वार्डको लेवल अफ केयर एउटै हुँदैन । आइसियूबाट पुरै ठिक भए पछि मात्र वार्डमा पठाउने त होइन ।

राम्रो देखेर पठाए पनि एउटा लेवल अफ केयर चाहिन्छ । तर वार्डमा नभएको पनि पाइन्छ । आइसियूबाट हाइ–डिपेन्डेन्सी युनिट जुन आइसियु र वार्डबीचको मोनिटरिङ र लेवल अफ केयर हुने ठाउँ हो । त्यो लेभलमा पठाएर मात्र वार्डमा पठाउनु पर्ने हो । तर नेपालमा एचडियूको विकास हुन सकेको छैन । प्राकृतिक रुपमा पनि कुनै पनि मानिसको मृत्यु भएपछि ६ देखि ८ घण्टामा शरीर एकदमै कडा हुदै जान्छ ।

लगभग १८ देखि २४ घण्टा भएपछि दुर्गन्ध आउन थाल्छ । कसैले पैसा कमाउने हिसाबले राख्छ भने पनि त्यो प्राकृतिक रुपमा सम्भव नै छैन । नेपालको कुनै पनि आइसियूले गर्छ जस्तो लाग्दैन । यस्तोखालको कुरा नेपालमा एक दुई वटा भएर कुरा उठेको पनि हुन सक्छ । तर यो फैलिएको कुरा मात्र हो । तर मान्छेले समयसँगै थाहा पाउनु हुनेछ भन्ने लाग्छ ।

परिवार र डाक्टर बसेर हामीले आधा घण्टा एक घण्टा काउन्सिलिङ पनि गर्छौ । उहाँहरुको हरेक प्रश्नको जवाफ हामीले नदिएसम्म समय दिन्छौँ । पहिला यस्तो सिस्टम थिएन । पहिला आइसीयूमा बिरामी भेट्न पनि गाह्रो थियो । डाक्टर भेट्न पनि गाह्रो थियो । काउन्सिलिङ त एकदमै छोटो हुन्थ्यो ।

बिरामीलाई आइसियूमा राख्दा पूर्ण रुपमा निद्रा लाग्ने, प्यारालाइसिस हुने औषधी दिएर राखेको हुन्छ । काउन्सिलिङ नगर्ने हो मेरो बिरामी छदै छैन कि भन्ने परिवारले सोच्न सक्छ । तर अहिलेको समयमा त्यो भ्रम चिर्नको लागी आफनो तर्फबाट गर्ने काम गरीरहेका छौँ ।

आइसियू र भेन्टिलेटरबीचको फरक
आइसियू र भेन्टिलेर भनेको फरक कुरा हुन् । आइसियू भनेको एउटा कोठा हो । तर भेन्टिलेटर भनेको मेसिन हो । आइसियूमा राखेको सबै बिरामीलाई भेन्टिलेटरमा राख्नु पर्दैन । औषतमा करिब तीस देखि चालीस प्रतिशत बिरामी मात्र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ ।

भेन्टिलेटर श्वास फेराउने मेसिन हो । जुन बिरामीलाई निमोनिया, इन्फेक्सन, हार्ट फेल वा अरु कुनै कारणले आफले लिएको श्वासले बिरामीलाई गुमेको छैन भने त्यस्तो त्यस्ता बिरामीलाई जबसम्म प्राइमरी डिजिज रिकभर हुँदैन । तबसम्म मेशिनको सहयोगले श्वास फेराउने र ठिक भएपछि निकाल्ने हो ।

जबसम्म बिरामीलाई भेन्टिलेटर सपोर्ट चाहिन्छ । बिरामीलाई आइसीयूमै राख्नु पर्ने हुन्छ । वार्डमा यस्तो सेवा प्रदान गर्न सकिँदैन । आइसियूमा छ भन्दैमा भेन्टिलेटरमा छ भन्ने बुझाई गलत हो । तर भेन्टिलेटरमा छ भने त्यो बिरामी आइसियुमै छ ।

आइसियूको उपचार खर्च कति महंगो छ ?
वार्डभन्दा त आइसियु महँगों नै हुन्छ । कन्सलटेन्ट डाक्टर, नर्स, मेशिनको चौबिस घण्टा उपलब्धता र प्रयोग हुने औषधी महंगै खालको हुन्छन् । विदेशमा इन्सुरेन्सले ८० प्रतिशत कभर गर्ने भएर आइसियूको खर्च त्यति महगों देखिँदैन ।

तर हाम्रोमा अलि महगों छ । प्राइभेटमा अझै महँगो छ । मेडिकल कलेजका आइसीयू र सरकारी अस्पतालका आइसीयू अलि कम खर्चिलो छन् । तर क्वालिटी खोज्ने हो भने प्राइभेट आइसियू राम्रो र महगों छन् । सरकारले नीति नबनाएसम्म अस्पतालले मात्र चाहेर कम हुने होइन ।

(आइसीयू विशेषज्ञ डा. किशोर खनालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : ३८ बजे

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच न्यूयोर्कमा भेटवार्ता हुँदै

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन

झिनो अंकले बढ्यो नेप्से, कारोबार ५ अर्बमाथि

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजकल्याण

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको सहरी क्षेत्रको छ लेन