कतारको चर्को घाममा काममा लगाए उजुरी गर्न दूतावासको आग्रह « Khabarhub

कतारको चर्को घाममा काममा लगाए उजुरी गर्न दूतावासको आग्रह


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारको चर्को घाममा काममा लगाउन नपाइने भएको छ । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारले खुल्ला क्षेत्रमा काम गर्ने कामदारका लागि यस्तो नियम ल्याएको हो ।

दोहास्थित नेपाली दूतावासले सूचना निकालेर कतारको श्रम मन्त्रालयको निर्णयानुसार १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म खुला क्षेत्रमा काम गर्न/गराउन प्रतिबन्ध लगाइएको जनाएको छ ।

दिउँसोको समयमा अधिक तापक्रम हुने हुँदा कामदारहरुलाई तापक्रमजन्य समस्या आउन नदिन कतार सरकारले खुला क्षेत्रमा काम गर्न रोक लगाएको हो ।

कामदार र कम्पनीहरूको लागि सेमिनार र सचेतना बैठक आयोजना गर्नुका साथै ग्रीष्मकालमा श्रमिकको सुरक्षा, स्वास्थ्य जोगाउनको लागि निर्णयको प्रावधान र कार्यान्वयनको आवश्यकतालाई उल्लंघन नगर्न कम्पनी सञ्चालकलाई श्रम मन्त्रालयले आह्वानसमेत गरेको छ ।

उल्लेखित निर्णयको उल्लंघन भएमा श्रम मन्त्रालयमा उजुरी दिन सकिने प्रावधान रहेको भन्दै दूतावासले निर्णय उल्लंघन भए उजुरी गर्न खुल्ला क्षेत्रमा कार्यरत नेपाली कामदारहरुलाई आग्रह गरेको छ ।

दूतावासका अनुसार कतारमा हाल ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएको पाइन्छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : ३६ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट