कतारको चर्को घाममा काममा लगाए उजुरी गर्न दूतावासको आग्रह « Khabarhub

कतारको चर्को घाममा काममा लगाए उजुरी गर्न दूतावासको आग्रह


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारको चर्को घाममा काममा लगाउन नपाइने भएको छ । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारले खुल्ला क्षेत्रमा काम गर्ने कामदारका लागि यस्तो नियम ल्याएको हो ।

दोहास्थित नेपाली दूतावासले सूचना निकालेर कतारको श्रम मन्त्रालयको निर्णयानुसार १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म खुला क्षेत्रमा काम गर्न/गराउन प्रतिबन्ध लगाइएको जनाएको छ ।

दिउँसोको समयमा अधिक तापक्रम हुने हुँदा कामदारहरुलाई तापक्रमजन्य समस्या आउन नदिन कतार सरकारले खुला क्षेत्रमा काम गर्न रोक लगाएको हो ।

कामदार र कम्पनीहरूको लागि सेमिनार र सचेतना बैठक आयोजना गर्नुका साथै ग्रीष्मकालमा श्रमिकको सुरक्षा, स्वास्थ्य जोगाउनको लागि निर्णयको प्रावधान र कार्यान्वयनको आवश्यकतालाई उल्लंघन नगर्न कम्पनी सञ्चालकलाई श्रम मन्त्रालयले आह्वानसमेत गरेको छ ।

उल्लेखित निर्णयको उल्लंघन भएमा श्रम मन्त्रालयमा उजुरी दिन सकिने प्रावधान रहेको भन्दै दूतावासले निर्णय उल्लंघन भए उजुरी गर्न खुल्ला क्षेत्रमा कार्यरत नेपाली कामदारहरुलाई आग्रह गरेको छ ।

दूतावासका अनुसार कतारमा हाल ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएको पाइन्छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : ३६ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको