जीवनराम श्रेष्ठको प्रश्न- काठमाडौँ राजधानी जस्तो किन बन्न सकेन ? « Khabarhub

जीवनराम श्रेष्ठको प्रश्न- काठमाडौँ राजधानी जस्तो किन बन्न सकेन ?


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौँ देशकै राजधानीजस्तो बन्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले राजधानी देशको अनुहार रहेको बताए ।

देशकै अनुहार मानिने राजधानीको सुन्दरता, व्यवस्थापन, वातावरण नियालेर विदेशीले नेपालबारे मनस्थिति बनाउने भन्दै उनले भने, ‘काठमाडौँलाई राजधानी जस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि ?, महत्वपूर्ण मन्त्री बन्नुपर्ने हो ? सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’

काठमाडौँलाई बस्नयोग्य, हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनुपर्ने भन्दै उनले यसका लागि योजना ल्याउन माग गरे।

काठमाडौँमा फ्लाइओभर, अन्डरपास बनाउने योजना कार्यान्वयन नभएको भन्दै उनले सम्पदा, संस्कृति र सभ्यताको सहर काठमाडौंको विकासलक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : ५३ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका