अर्थमन्त्रीलाई गगनको प्रश्न- कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाउनुभयो ? « Khabarhub

अर्थमन्त्रीलाई गगनको प्रश्न- कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाउनुभयो ?


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संघीय संसद्‌मा प्रस्तुत गरेका थिए । गत मंगलबारबाट संघीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ ।  सोही छलफलमा बिहीबार सहभागी हुँदै थापाले बजेटको आकार तथा स्रोत व्यवस्थापनसहितका विषयमा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका हुन् ।

उनले २० प्रतिशत बजेटको आकार वृद्धि गर्दा कुन तथ्य र तथ्यांकमा आधारित रहेर बढाइएको भन्दै प्रश्न गरेका छन् । साथै राजश्व २० प्रतिशत बढाउने लक्ष्यप्रति प्रश्न गर्दै उनले भने, ‘अर्थतन्त्र सात प्रतिशत बढ्दै गर्दा राजश्व वृद्धि २० प्रतिशतभन्दा बढी कसरी बढ्छ? स्रोत व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने विषयमा जिज्ञासा राख्दै उनले २० प्रतिशत राजश्व वृद्धि गर्नेगरी कुन तथ्य, तथ्यांक, प्रमाणमा आधारित रहेर बजेटको आकार बढाइएको हो, यसबारे आफूलाई जानकारी गराउन अर्थमन्त्री शर्मासँग माग गरे । 

साथै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको अर्थमन्त्री शर्मालाई धन्यवाद पनि दिएका थापाले प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गर्दा सम्बन्धित पक्षसँग संवाद नगरेको पनि असन्तुष्टि व्यक्त गरे । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १ : ४९ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक