बागमती प्रदेशसभाको बैठक पुनः सुरु | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठक पुनः सुरु


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ । नेकपा (एमाले) को अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो । 

एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो । सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक सुरु भएलगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए । निरौलाले पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका तीन जना निजामती कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाएका थिए । उनले त्यसको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायम राख्ने बताएपछि बैठक १० मिनेटको लागि स्थगन गरिएको थियो ।

 तर, करिब साढे २ घण्टापछि मात्रै बैठक सुरु भएको छ । बैठकमा सांसदहरुले आगामी आवको लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १ : ५७ बजे

केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री निर्माण

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको

बागमती गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र मछिन्द्र क्लब भिड्दै

मकवानपुर– सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र

बेचन झाको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश ढुङ्गाना र ढकालको इजलासमा

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका बेचन

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

नेप्सेको सीईओ छनोटका लागि तीन सदस्यीय समिति गठन 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)