शान्ति समाज स्थापना दिवस ३० जिल्लामा मनाइयो | Khabarhub Khabarhub

शान्ति समाज स्थापना दिवस ३० जिल्लामा मनाइयो


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव अधिकार तथा शान्ति समाज स्थापना दिवस मनाइएको छ ।

शान्ति समाज स्थापना भएको दिनको अवसरमा बिहीबार ३० जिल्लामा कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । “ शान्ति समाजको कार्यक्षेत्र जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य” भन्ने मूल नारासहित दर्जनौ कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

स्वयंसेवी संस्था शान्ति समाज २०५३ जेठ १९ गते स्थापना भएको हो । शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउँ आन्दोलन, युद्ध निषेध, शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध(मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तिव्रता दिँदै आएको छ ।

३८ जिल्लामा शाखा, १५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरि १० हजार ६ सय ६० जनाले सदस्यता लिएको मानव अधिकार तथा शान्ति समाजको संस्थापक सभापति कृष्ण पहाडी रहेका छन् ।

स्थापना दिवसको अवसरमा बिहीबार बिहान शान्ति समाज रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपागं आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ भने काठमाण्डौ शाखाले गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु। २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षारोपण समेत गरेको छ ।

यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपांग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गर्नुका साथै दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ ।

यसैगरी शान्ति समाज चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, संखुवासभा शाखाले फलफुल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगंगामा वृक्षारोपण कार्यक्रम गरेका छन् भने कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाई कार्यक्रम गरेको छ ।

यस्तै शान्ति समाज पाल्पा शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले जेठ १८ गते पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले आजै सेवामुखी लगायत विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ३ : ०७ बजे

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

सङ्खुवासभा –चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि

सुनसरीबाट हुन्डीको एक करोड रूपैयाँ बरामद

काठमाडौं – सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड